बुद्धिजीवी परिषद्को राष्ट्रिय महाधिवेशन हुँदै

इनेप्लिज २०७२ वैशाख ८ गते २:४८ मा प्रकाशित

बेलौरी (कञ्चनपुर), ८ वैशाख । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को यही वैशाख अन्तिम साता यहाँ राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

‘शान्ति र संविधान समृद्ध नेपालका लागि बुद्धिजीवी योगदान’ भन्ने मूल नाराका साथ वैशाख २६, २७ र २८ गते महेन्द्रनगरमा नवौँ राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।

नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष दिनेशचन्द्र देवकोटाले देशैभरिका बुद्धिजीवीको सहभागितामा पहिलोपटक सुदूरमा राष्ट्रिय महाधिवेशन गर्न लागेको बताउनुभयो । महाधिवेशनमा सुदूरका विषयसमेत उठान गरिने अध्यक्ष देवकोटाले जानकारी दिनु भयो ।

देशभरका ५०० भन्दा बढी बुद्धिजीवीको सहभागिता रहने बताइएको छ ।

नेपाल किसान सङ्घमा सभापति ऐरी
नेपाली काँग्रेसनिकट नेपाल किसान सङ्घ कञ्चनपुरको सभापतिमा भैरवसिंह ऐरी चयन हुनुभएको छ । सोमबार सङ्घको चौथो जिल्ला सम्मेलनबाट ऐरी सभापतिमा चयन हुनुभएको हो ।

त्यसैगरी सदस्यमा खेमराज ऐरी, रामसिंह ऐरी, भोजराज राना, केशवराज उपाध्याय, मानबहादुर पाल, मानसिंह भण्डारी, तारादत्त पनेरु, जयराज ऐर, करनसिंह ऐर, देवसिंह ठगुन्नालगायत चयन हुनु भएको छ ।

प्रतिक्रिया