भीमदत्तनगर, ७ वैशाख । बैतडीको उदयदेव गाविस–४ मा सात वर्षीय बालकको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ ।
आइतबार साँझ स्थानीय मोहन सिंह साउँदको सात वर्षीय छोरा शिवराज साउँदलाई चितुवाले आक्रमण गरेको हो ।
गाउँमा खेलेर घर फर्किरहेका शिवराजलाई चितुवाले बाटोमा आक्रमण गरेको थियो । चितुवाको आक्रमणमा परेका बालकको शव चार घन्टापछि आफन्तले नजिकैको जङ्गलमा फेला पारेका थिए । यसअघि पनि बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणबाट १८ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमा बालबालिका र महिलाको सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया