आग्लोले हान्दा श्रीमान्को मृत्यु

इनेप्लिज २०७२ वैशाख ७ गते ४:३० मा प्रकाशित

गजुरी (धादिङ), ७ वैशाख । नीलकण्ठ नगरपालिका–१ का एक युवकलाई उनको श्रीमतीले आइतबार ढोका लगाउने आग्लोले हानेर हत्या गरेकी छिन् ।

नीलकण्ठ नगरपालिका–२ तीनघरेस्थित एक पसलमा सामान किन्ने क्रममा श्रीमान् २३ वर्षीय कृष्ण परियारलाई उनका श्रीमती दुर्गा परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनु भयो ।

पसलमा सामान किन्ने क्रममा दुबै बीच झगडा भएको र मादकपदार्थ सेवन गरेको बेला श्रीमतीले ढोकाको आग्लो झिकेर प्रहार गर्दा कृष्ण गम्भीर घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । मृतकलाई शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ भने अभियुक्त दुर्गालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

प्रतिक्रिया