पक्राउ परेका विद्यार्थीनेता रिहा
इनेप्लिज
२०७२ वैशाख ७ गते १:१९ मा प्रकाशित
धनगढी, ७ वैशाख । शुल्क वृद्धि फिर्ता गर्नुपर्ने लगायतका माग राखी स्थानीय केही विद्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले आइतबार यहाँ दुईजनालाई नियन्त्रणमा लिई अपराह्न रिहा गरेको छ ।
धनगढीका पायोनियर र ज्ञान निकेतनमा तोडफोड गरेको भन्दै प्रहरीले अनेरास्ववियुका जिल्ला अध्यक्ष चुडामणि भट्ट र अखिल क्रान्तिकारीका वीरेन्द्र विकलाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैलालीका निजी तथा आवासीय विद्यालयमा विगत तीन वर्षदेखि पठनपाठनलगायतको शुल्क वृद्धि नभएको परिप्रेक्ष्यमा प्याब्सन र जिल्ला शिक्षा शुल्क निर्धारण समितिले चालु शैक्षिक सत्रदेखि शुल्क वृद्धि गर्नेसम्बन्धी निर्णय गरेको थियो । वार्षिक परीक्षा सकिएर आइतबारदेखि स्थानीय केही निजी विद्यालयमा पठनपाठन सञ्चालन भएको छ ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया