चेपाङ केन्द्रलाई नायिका रेखा र व्यवसायी आरके शर्माको सहयोग

इनेप्लिज २०७२ वैशाख ६ गते १५:५६ मा प्रकाशित

20150419_173134पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग भएको छ । नायिका रेखा थापाले खाने तेल र गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार एवम् व्यवसायी आरके शर्माले चामल सहयोग गरेका हुुन ।

20150419_170120

केन्द्रमा आयोजित कार्यक्रममा अभिनेत्री थापाले चेपाङ वालवालिकाको लागि आश्रम स्थापना गरी विपन्न र विकटका वालवालिकालाई शिक्षा दिलाउने केन्द्रलाई फेरी पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन । उनले दुई महिनाको लागि दुई सय लिटर तोरीको तेल सहयोग गरेकी हुन ।

त्यस्तै गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार एवम् व्यवसायी आरके शर्माले वालवालिकाको लागि दुई महिनालाई पुग्ने २१ क्वीन्टर चामल सहयोग गरेका छन । साथै शर्माले वालवालिकाको लागि किताब राख्ने झोला र खाजा समेत सहयोग गरेका छन । कार्यक्रममा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले नायिका रेखा थापा र आरके शर्माको सहयोग केन्द्रका लागि सबै भन्दा ठुलो भएको बताए । यसैबीच नायिका थापा र गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार आरके शर्मा केन्द्रको सदस्य समेत बनेका छन ।

20150419_172017

प्रतिक्रिया