दुर्घटनामा छ घाइते, दुईको अवस्था गम्भीर
इनेप्लिज
२०७२ वैशाख ६ गते १५:३५ मा प्रकाशित
अर्घाखाँची, ६ वैशाख । अड्गुरी गाविसमा आज दिउँसो भएको जिप दुर्घटनामा छजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
पाल्पाको तानसेनबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको ग१ख ५६७१ नम्बरको जिप अड्गुरी गाविस–६ भञ्ज्याङमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । अर्घाखाँची पणेनाका केशवसिंह परियार र पाल्पा तानसेनका लक्ष्मण अर्यालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया