संस्मरण : पांच पैसाको लागि साथीले खुट्टा भाचे

इनेप्लिज २०७२ वैशाख ६ गते ११:४२ मा प्रकाशित

aago

अहिले यो कुरा सुन्दा कसैले पत्याउदैन l तर पत्याउनु होस् या न पत्याउनु होस् l यो साचो हो l घटना मैले बाल्यकाल बिताएको नेपालको पुर्वान्चल क्षेत्र कै सुन्दर नगरी धरानको हो l सत्य युगमा पनि पांच पैसाको केहि भाउ हुदैन थियो होला भन्ने लाग्दछ l

आफु पांच दशक उमेरको भै सके म त्यति बेलाको कुरा संस्मरण स्वरुप पाठक वर्गमा पस्कनु चाहन्छु l रोचक लाग्न सक्ने प्रकारको हुन् सक्ने भएकोले केहि कोर्ने जमर्को गर्दैछु l

केवल पांच पैसाको लागि छतबाट हाम फाले र खुट्टा भाचे l पांच पैसा अहिले जस्तो होइन ,माथि चित्रमा देखाईएको जस्तो हो ,तामाको अलिक भारी गरुङ्गो हुन्थ्यो l ढिक्के तामाको पाँच पैसा भानिथ्यो l हाम्रो पालामा त्यसको मोल मुल्यवान थियो तर अमुल्यवान भने चाही थिएन l

पाँच पैसाले चटपटे र १० वटा राता मिठाइ आउथ्यो मात्र l पाँच पैसाको धेरै चिज आउदैन थियो त्यो बेलामा चिनीको मूल्य ३ रुपया ५० पैसा र खसीको मासु रु ३५ प्रति किलोमा पाइन्थ्यो जस्तो लाग्दछ l

युवा पाठकले भन्नु होला कि सत्य युग को मान्छे रहेछ l जे भने पनि प्रजातन्त्र र गणतन्त्र आएको छ ,स्वतन्त्र हुन्छन आफ्ना विचार राख्न र पोख्न ,मलाई केहि आपत र दुख लाग्ने छैन l

अहिले २०७२ साल छ भने उनले पाँच पैसाको लागि खुट्टा भाचेको चाही बिक्रम सम्बत २०३० साल तिरको कुरा हो जस्तो लाग्छ l

किन यसरि उनले केवल पाँच पैसाको लागि आफ्नो छदा खादाको खुट्टा जानी जानी भाचे l मित्र अलिक झ्वाकी र सन्काहा पनि थिए l रिस कपालको टुप्पोमा थियो l भिडी पनि हाल्थे भने उनि छोईपासो थिए l

जो संग पनि निउ खोज्नु पर्ने स्वभाव लाग्दथ्यो त्यो बेलामा उनि ४ कक्षा म ३ कक्षा l उनि कहाँ छन् मलाई केहि थाहा छैन l यो लेख लेखे पछि नेपाल गएको बेला उनलाई भेट्ने मौका मिल्यो भने लेख बारेमा जानकारी दिने छु l

म धरान लक्ष्मी सडक(वडा ४ )मा बस्थे भने उनि पुरानो बजार वडा १ म हो कि जस्तो लाग्द्छ l उनका दाजुभाई सबै संग चिनजान थियो l

ति मेरा साथीको नाम ज्योति राई (नाम परिवर्तित )हो र उनि ४ कक्षामा अध्ययन गर्थे l धरान वडा ४ ,लक्ष्मी सडकमा दुर संचार कार्यालय छ l त्यहाँबाट पुरानो बजार जाने ठाउमा ५ कक्षा सम्म पढाइने बिद्यालय छ l

हाल मलाई थाहा भएन के नाम ले त्यो बिद्यालयले परिचित छ तर हाम्रो समयमा केवल ३ नम्बर स्कुलले जानिन्थ्यो l त्यो समयमा शिक्षक नहुदा बिद्यार्थीहरु बाहिर खेल्न गइ हाल्ने चलन थियो l

मलाई याद छ ,बिहानीपख गर्मि समयमा ३ घन्टी लागेको थियो l बिद्यार्थी के भएर हो कक्षा कोठा बाहिर खेल्दै थिए l पाठशाला २ तले थियो ,भुई तलामा हामी खेल्दै थियौ l एक तला माथिको छतमा उनि तामाको पांच पैसाले खेलिने ३ कांटे खेल खेली रहेका थिए l त्यो भनेको लहरै माथि तस्बिरमा देखिएको पैसाको चांग दुई तर्फ राख्ने र केहि दुरी बाट तामाको ढिक्काले बीच को पैसालाई निशाना लगाए पछि हान्नेले पैसा बाजी मार्थ्यो l

यो खेल धरानमा खेलिन्थ्यो अन्य ठाउँमा के हुन्थ्यो थाहा भएन l त्यो समयका समकालीनका धेरै मानिस अमेरिकामा प्रसस्त छन् l

उनि खेलमा मस्त थिए ,तर अचानक उनको त्यो तामाको ढिक्के पाँच पैसा कसो कसो गर्दा छत् मुनि खसेछ l मैले चाही देखिन ,हामी मुनि खेली रहेका थियौ l उनको पैसा खसे पछि ,उनले ठुलो स्वरम मेरो पैसा …मेरो पांच पैसा भनि कराए l मुनि अरु बिद्यार्थीहरु पनि मस्त संग खेली रहेका किनभने उक्त पाठशालामा चौर थिएन l

ए …. ए …. मेरो पैसा न छो भन्दै थिए l मुनि साथीभाईले पैसा खसेको देखेको मात्र थिए l उनलाई लागेछ कि अरुले पाए पछि दिदैनन l हुन् पनि हो ,अरुले भेटे पछि दिने चलन थिएन पनि l शायद त्यहि डरले होला पांच पैसाको लागि ज्यान को बाजी राखी १० फिट माथिको छत बाट हाम फाले l

एकै छिनमा सिढी बाट गुमेर आउन सक्थे l मुनि बाट एउटा साथीले भर्याङ्गबाट आईज भन्दै थिए तर उनलाई दशा लागेको रहेछ l गाली दिदै ..कराउदै … एक तला बाट ४ कक्षामा पढ्ने बिद्यार्थीले नचाहिदो आँट गरि केवल पाँच पैसाको लागि मात्र जीवन जोखिम राख्दै हाम फाले l

तिमिहरु छोड भन्दै हाम मात्र फलेको थिए ,अईया ……मरे …….अईया भन्ने आवाज सुनिन थाल्यो l सबैले घेर्न थाले l के भयो ?के भयो भन्दा भन्दै डाको छोडेर रुन थाले पछि l त्यहाँ हाहाकार भयो l ज्योति राई (नाम परिवर्तित) कराउन थाले र असह्य पिडा हुन् थाले पछि चिच्याउन थाले l

उठ्न खोजे उठ्न खोज्दा झन् कराए किनभने नाली खुट्टा भाचिएको रहेछ l शिक्षकहरु आउनु भयो र तुरुन्तै अस्पताल लानु पर्ने भयो l झ्याना पुल्टुंग गर्दै अस्पताल लगेको अलिअलि याद छ l

उनले त्यो पांच पैसा पनि टिप्न सकेनन किनभने हाम फाल्ने बितिकै १०-१२ बर्षका कलिलो र कोमल हड्डी भाचियो l र ,साथीले पछि उनको तामाको पाँच पैसा दियो l उनका अभिभावकलाई घटनाको बारेमा जानकारी दिइएको थियो l

पछि उनि एक महिना पछि आए र सबैले पांच पैसाको तेरो खुट्टा l पाँच पैसाको लागि हाम फाल्ने तेरो कत्रो हिम्मत भनि जिस्काउथे l हेर तेरो बुद्धि l शिक्षकले जिस्काएर ज्योति राई (नाम परिवर्तित)जस्तो चाही मुर्ख काम नगर्नु भनि उपदेश दिनु हुन्थ्यो l

४ कक्षामा पढ्ने बिद्यार्थीले यस्तो गरेको घटना त्यो बाहेक कहिले आफुले सुनेको छैन l केवल पांच पैसाको लागि खुट्टा भाचेको त्यो घटना मलाई पटक पटक स्मरण हुन्छ l मेरो स्मृति पटलले त्यो घटना सम्झन पुगेकोले आज कलम चलाउन जागर सहित ईतिहासको एउटा दुखत तथा रोचक घटना पस्कने जमर्को गरेको छु l

यस्तो घटना कहिले नदोहोरियोस l कसैलाई नपरोस l छदा खादाको सदध्ये हात खुट्टा जहिले पनि सहि सलामत होस् l कसैले पनि यस्तो नचाहिदो हिम्मत नगरोस l कसैले कसैलाई यस्तो प्रोत्साहन नदिईयोस l

……………………………………..अस्तु

bj 3

प्रतिक्रिया