टेक्सासमा पहिलो पटक अपुरो कमिटि !
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) नेपालीहरु द्वारा टेक्सासमा निर्मित आफ्नै भवन तथा मन्दिर हो। झन्डै ८ बर्ष अघि तत्कालिन नेपाली समाजका अध्यक्ष गौरी जोशी द्वारा डा मुरली अधिकारीलाई संयोजक बनाई यस यात्राको शुरु गरिएको थियो। ८ बर्षको यात्रामा ६०० भन्दा बढी मानिस को १०० देखि १०,००० डलर सम्मको आर्थिक सहयोगमा १६००० बर्ग फुटको भवन निर्माण गरि मन्दिर स्थापना संगै गत बर्ष देखि ड्यालसको नेपाली समाज संसारमै उदाहरनिय समाजको रुपमा अघि बढेको छ।
आज सोहि NCSC को ट्रस्टी बोर्डको निर्वाचन सम्पन्न भएको छ। समाजका ३ पूर्ब अध्यक्षहरु डा प्रेम अधिकारी, बैकुण्ठ बिक्रम थापा र राम सी पोख्रेल रहेको निर्वाचन कमिटि बनाई गत ३ हप्ता अघि देखि निर्वाचनको तयारी निकै भएको खबर हिमालय खबर लाई आए पनि आज भने टेक्ससमा अचम्मको निर्वाचन सम्पन्न भएको छ।
सधै पद भन्दा निकै बढी प्रतिस्पर्दी देखिने टेक्ससमा आज NCSC निर्वाचनमा डा मुरली अधिकारी ट्रस्टी बोर्डका अध्यक्ष तथा विकल ढकाल ट्रस्टी बोर्डका आर्थिक उपाध्यक्ष निर्बिरोध निर्वाचित हुनु भएको छ भने प्रोग्राम VP र सचिब पदमा त कसैले चासो नै राखेन। अचेल नेपाली समाजमा निकै चुनाब हुन् थालेकोले यस प्रकारको बितृष्णा बढेको बताउनु भयो नेपाली समाजका पूर्ब अध्यक्ष तथा निर्वाचन कमिटि सदस्य डा प्रेम अधिकारीले।
ट्रस्टी बोर्ड का सदस्य प्रकाश गौतमले एक व्यक्ति एक पदको कुरा गर्नु भएपछी लगभग नेपालीहरुका धेरै संस्थामा सदस्य भएपनि आफ्नो उपस्थिति जनाउनु भएका डा अधिकारीले अब NCSC बाहेकका सम्पूर्ण संस्थाहरु बाट राजिनामा दिने मौखिक बचन बध्धता ब्यक्त गर्नुभयो साथै आफूलाई पुन जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो। साथै नव निर्वाचित आर्थिक उपाध्यक्षले NCSC लाई आर्थिक रुपमा सम्पन्न गराउन नया रणनीति ल्याउने जानकारी गराउनु भयो। ट्रस्टी बोर्डमा ३२ जना सदस्य रहेका छन्। सबैलाई हिमालय खबरको शुभकामना I
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया