“राष्ट्रघाती सोचलाई कर छुट हुँदैन!” – राष्ट्रपति ट्रम्पद्वारा हार्वर्डको कर छुट समाप्त गर्ने घोषणा

इनेप्लिज २०८२ वैशाख १९ गते १४:१० मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्डको कर छुट समाप्त गर्ने घोषणा गरेका छन्।

 ट्रम्पले शुक्रबार कडा घोषणासहित भने, “हामी अब हार्वर्ड विश्वविद्यालयको कर छुटको हैसियत 

समाचार स्रोतहरूका अनुसार हार्वर्डले आफ्ना परिसरमा  यहूदीविरोधी सोच र गतिविधिहरूलाई रोक्न आवश्यक कदम नचालेकोले यसको ५९१(सि) (३)कर छुटको हैसियत खारेज हुने आधार पर्याप्त भएको बताइएको थियो।

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमध्ये एक मानिने हार्वर्डलाई गैरनाफामूलक शैक्षिक संस्था भनेर लामो समयदेखि कर छुट दिइँदै आएको छ। तर, ट्रम्पले यसपटक स्पष्ट सन्देश दिएका छन्— “शैक्षिक स्वतन्त्रताको नाममा घृणाको संरक्षण स्वीकार्य छैन।”

उनले यसअघि पनि हार्वर्डलगायत केही विश्वविद्यालयहरूमा हुने पक्षपाती विचारधाराको आलोचना गर्दै आएका थिए।

अब हार्वर्डको कर छुटको भविष्य आन्तरिक राजस्व विभागको निर्णयमा निर्भर रहनेछ ।

तर ट्रम्पको यो बयानले उच्चशिक्षामा राजनीतिक र नैतिक बहसलाई नयाँ मोड दिएको छ।

प्रतिक्रिया