गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन शुरु भएको छ । काठमाडौंको हायात अतिथिगृह (होटेल)मा शुरु भएको महाधिवेशनको पररष्ट्रमन्त्री आरजु राणा देउबाले गरेकी छन् । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भएका छन् ।
महाविधेशनका लागि विभिन्न ५० बढी देशबाट २ हजार बढी प्रतिनिधि सहभागी भएका छन् । विभिन्न कारणले विवादित बनेको एनआरएनए एकता महाधिवेशनपछि सबल र एकताबद्ध भएर बढने भन्दै एनआरएन अभियन्ता र प्रतिनिधि (डेलिगेट्स)हरू उत्साहित देखिएका छन् ।
यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपनि सर्वोच्चले महाधिवेशन रोक्न कुुनै आदेश नदिएपछि महाधिवेशनका लागि बाटो खुलेको हो । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार शनिवार महाधिवेशनको उद्घाटन पछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ । महाधिवेशन २२ गतेसम्म आयोजना हुनेछ ।
कृतज्ञता : जनसवाल
प्रतिक्रिया