विपक्षी भएपछि जे भएपनि विरोध गर्नुपर्ने हुन्छ

बेद प्रसाद घिमिरे २०८२ वैशाख २० गते १०:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको स्रोत नै जनता हुन भन्ने कुरालाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने बताएका छन् । उनले राष्टिय हितलाई तलमाथि पर्न नदिने, न्याय र अन्तर्राष्ट्रिय दायित्वजस्ता कामलाई नबिर्सिकन अघि बढाईने पनि बताए । आज (शनिबार) बालुवाटारमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी मानवतावादी दृष्टिकोणको साथ अघि बढ्छौं । हामी देशभित्र शान्तिको पक्षमा छौं । बाहृय क्षेत्रमा पनि शान्तिको पक्षमा छौं । मानव जातिले हासिल गरेका उपलब्धिहरुको न्यायोचित वितरण हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुले सुमधुर छिमेक सम्बन्ध चाहेको पनि बताए । उनले भने,‘हामी सुमधुर छिमेक सम्बन्ध चाहन्छौं । सम्मानजनक र लाभदायी सम्बन्ध चाहन्छौं । राष्ट्रिय हितलाई केन्द्रभावमा राखेर अघि बढ्छौं । असंलग्न आन्दोलनका सिद्धान्तलाई मानेर चल्छौं । सैन्य गठबन्धनमा संलग्न हुँदैनौं । हामी तटस्थ बस्छौं । सबैसँग मित्रता र छैन कसैसँग शत्रुता हाम्रो मूलमन्त्र हो । यी नै हाम्रा आधार पोलिसी, नीतिहरु यिनै हुन् ।’

उनले हिजो आएको सरकारको वार्षिक नीति तथा कार्यक्रमको पक्षमा दृढताका साथ उभिन एमाले सांसदहरुलाई निर्देशन दिए । उनले नीति तथा कार्यक्रम व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको पनि सुनाए । नीति तथा कार्यक्रमले विभिन्न मुद्दालाई स्पष्ट गरेको भन्दै सरकारले अघि सारेका नीतिहरु सही रहेको दाबी गरे ।

उनले भने,‘यी विषयमा ढुक्कले अघि बढ्नुभए हुन्छ । विपक्षी भएपछि जे भएपनि विरोध गर्नुपर्ने हुन्छ । किनभने उहाँहरु विपक्षी हो । विपक्षीहरुले भनेको कुरामा कुनै सत्यता छ कि भनेर अलमलिने छुट छैन् । किनकी असत्य हामीले लेखेकै छैनौं । सही कुराको पनि ।कहिलेकाहीँ विरोध हुन्छ, सही कुराको पक्ष दृढताको साथ लिन सक्नुपर्छ । तत्काललाई पनि खण्डन गर्नुपर्छ । जनतामा अन्यौल र भ्रम सिर्जना गर्नको लागि नै झुठो बोल्छन् । ती कुराको हामीले खण्डन गर्नुपर्छ भिडियोमा हेर्नुहोस

प्रतिक्रिया