रत्ननगर (चितवन), ५ वैशाख । चितवनमा नियम उल्लङ्घन गर्ने १४० जना चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय चितवनले २४ घन्टामा विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।
कारबाहीमा परेका १४० जनाबाट रु ७६ हजार राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जानकारी दिएको छ ।
सिट बेल्ट नलगाउने, हेलमेट नलगाई सवारी चलाउने, मोटरसाइकलमा तीन जना चढ्ने, जथाभावी पार्किङ गर्नेलगायतलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।
जसमा चार जना मापसे गरेर सवारी चलाउने पनि रहेका छन् । चितवनका ट्राफिक प्रहरी प्रमुख रमेशराज भेटवालले आफ्नै नेतृत्वमा यहाँ दिनको दुई समय आफ्नै नेतृत्वमा जाँच गर्ने गरिएको बताउनुभयो । अभियानकै रुपमा कारबाही प्रक्रिया अघि बढाएपछि करिब ३० प्रतिशत सवारी दुर्घटना कम गर्न सफल भएको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो ।
ट्राफिक प्रहरीले अघिल्लो महिनामा मापसेविरुद्ध चलाएको अभियानका क्रममा करिब रु नौ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ ।
प्रतिक्रिया