पाँच हजार एकसय कलश यात्रासहित धार्मिक महोत्वस सुरु

इनेप्लिज २०७२ वैशाख ४ गते ४:३२ मा प्रकाशित

jumla_nepal-mapजुम्ला, ४ वैशाख । सप्ताहव्यापी ज्ञान महायज्ञ पाँच हजार एकसय कलश यात्रासहित बिहीबारदेखि जुम्लामा धार्मिक महोत्सव सुरु भएको छ ।

गोविन्दशरण महाराजबाट जुम्लास्थित नेपाली सेनाको टुडिखेल मैदानमा एकसातासम्म दिइने धार्मिक प्रवचनको पहिलो दिन जुम्लाका धार्मिक विद्धान, शिक्षक, विद्यार्थी, महिला, बालबालिका वृद्ध, सबैले दिउँसो सदरमुकाम परिक्रमा गरी पुनः टुडिखेलमा गएर कलश यात्राको समापनसँगै महोत्सवको विधिवत उद्घाटन गरिएको हो ।

यात्रामा कर्णालीको साँस्कृतिक बाजा, झाँकी, मागल, भजनकृतनका साथै नाचगान समेत प्रस्तुत गरिएको थियो । चन्दननाथ उच्च माविको विज्ञान सङ्कायको स्तरोन्नति गर्ने र अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापनार्थ महोत्सव आयोजना गरिएको हो ।

धार्मिक महोत्सवको पहिलो दिन नेपाली काँग्रेस जुम्लाका जिल्ला सभापति स्वर्गीय मानव सेजुवालकी श्रीमती कान्तिका सेजुवालले आफ्नो पतिको सम्झनामा रु ५१ हजार दान गर्नुभएको थियो ।

प्रत्येक दिन साँझ ७ बजेदेखि राति ११ बजेसम्म हुने महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया