पाल्पामा विद्यार्थी भर्नासँगै विद्यालयमा हुने हिंसा तथा यौन दुव्र्यवहारविरुद्धको अभियान

इनेप्लिज २०७२ वैशाख २ गते ४:३४ मा प्रकाशित

group-raped-of-19-years-teenagerरामपुर (पाल्पा), २ वैशाख । जिल्ला शिक्षा कार्यालय पाल्पाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियानसँगै विद्यालयमा हुने हिंसा र यौन दुव्र्यवहारविरुद्धको अभियान आजबाट सुरु भएको छ ।

विद्यार्थी भर्ना अभियानसँगै जिल्लाका सबै निमावि, मावि र उच्च माविले हिंसा तथा यौन दुव्र्यवहार अभियान कार्यक्रम गर्ने जनाएको छ ।

विद्यालयमा हुने हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाउन विद्यालयमा लैङ्गिक सम्पर्क बिन्दु र गुनासो पेटिकाको व्यवस्था गर्ने जिल्लास्तरीय समिति पाल्पाले जनाएको छ ।

हिंसा र यौन दुव्र्यवहारविरुद्ध राष्ट्रिय अभियानबारे स्रोतकेन्द्रमा स्रोतव्यक्तिमार्फत सबै विद्यालयमा सप्ताहव्यापी कार्यक्रममा रहेर विद्यार्थी शिक्षकमा पु¥याई सचेतनामूलक कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।

वैशाख ८ गतेसम्म भर्ना अभियान चलाउने ८ गतेदेखि विद्यालय सेवा क्षेत्रका विद्यालय जाने उमेर भएर पनि भर्ना नभएका बालबालिकालाई विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक सङ्घ, स्थानीय क्लब, समूहलाई परिचालन गरी वैशाख १५ सम्म घरदैलो कार्यक्रम गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया