एनआरएन एनसीसी अफ अमेरीकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा जाने प्रतिनिधि पदका लागि हुने निर्वाचन स्थगित गरिएको बारे ।

इनेप्लिज २०७२ वैशाख २ गते २:४० मा प्रकाशित

 

brtnepal_20150414010722_NRN MY KINDनिर्वाचन आयोगले एनआरएन एनसीसी अफ अमेरीकाका विधिवत सदस्यहरुले गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदकोउम्मेदवार बन्नका लागि पु¥याउनु पर्ने भनी संस्थाको विधानको धारा १७.५.३ मा रहेको अन्य अतिरिक्त योग्यताका सम्वन्धमा १ अप्रिल२०१५ मा आधिकारिक व्याख्याका लागि विधान व्याख्या समितिलाई अनुरोध गरिएको तथ्य सबैमा विदितै छ । सोको जवाफमा अन्तर्राष्ट्रियसमन्वय परिषदको विधान व्याख्या समितिबाट १० अप्रिल २०१५ मा आधिकारिक व्याख्या प्राप्त भएपछि आयोगका तर्फबाट अन्तर्राष्ट्रियसमन्वय परिषदका ५ जना प्रतिनिधि पदका लागि यस संस्थाका तर्फबाट प्रतिनिधित्व गर्न उम्मेदवार बन्नका लागि निवेदन दिने संस्थाका१२ जना प्रत्यासीहरुबाट सो व्याख्यामा तोकिए बमोजिम अन्तर्राष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य वा कुनै राष्ट्रिय समन्वयपरिषदको सदस्य निर्वाचित भई राजीनामा नगरी आफनो २ बर्षको कार्यकाल पूरा गरेको हनुपर्ने र कहिले काहि चाडो निर्वाचन भईकार्यकाल अलि लामो हुन पनि सक्छ र कहिले कही ढिलो निर्वाचन भई कार्यकाल अलि छोटो पनि हुन सक्छ । मुख्यत शुरुको निर्वाचनबाटनिर्वाचित भई पूरा कार्यकाल व्यतित गरेको हुनु पर्दछ र कुनै पद रिक्त हुन गई बाकी अवधिको लागि मनोनित नभएको हुनु पर्छ भनीउल्लेख भएकोले सो बमोजिमका प्रमाण १० अप्रिल २०१५ भित्र पेश गर्न अनुरोध गरियो (हेर्नुहोस् जततउस्ररलचललअअगकब।यचनर।विधान व्याख्या सममितिबाट धारा १७.५.३ मा रहेको अतिरिक्त योग्यताको व्याख्या प्राप्त भएता पनि अमेरीकाको संघीय, राज्य, रसंस्थाको विधान सम्वन्धी कानुनी प्रश्नहरुका साथै योग्यता र कार्यकालको सम्वन्धमा अस्पष्टताको अवस्था देखिएकोले आयोगलाईनिर्णयमा पुग्न असहज भयो । अमेरीकाको टेनेसी राज्यमा दर्ता भै अमेरीकी संघीय सरकारबाट करछुटको सुविधा पाएको यस मुनाफारहितसंस्थाले गैर आवासीय नेपाली संघको विधान व्याख्या समितिले दिएको व्याख्याको आधारमा अमेरीकाको तर्फबाट गैर आवासीय नेपालीसंघ, अन्तर्राष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरुले पु¥याउन पर्ने भनी तोकेको अतिरिक्त योग्यता सम्बन्धी व्यवस्थाअमेरीकाकाको संघीय र राज्यको कानुन, संस्थाको विधान अनुकुल हुन्छ कि हुँदैन? भन्ने जस्ता प्रश्नहरु पनि समावेश हुन सक्ने हुँदाआयोगले विस्तृत विवरण लेखी न्यायिक समिति समक्ष ११ अप्रिल २०१५ मा राय मागेकोमा समितिले १३ अप्रिल २०१५ मा गैर आवासीयनेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, यसका क्षेत्रीय संयोजक, उपसंयोजक, र उम्मेदवार समेतलाई ३ मे २०१५ भित्रआप्mनो धारणा राख्न समय दिएको छ । पदाधिकारीले पेश गरेको भनाइमा प्रतिवाद गर्नका लागि अरु सम्वन्धित पक्षलाई १३ मे २०१५सम्मको समय दिइएको छ अवस्था विद्यमान छ । न्यायिक समितिबाट १४ अप्रिल २०१५ मा यस आयोगलाई प्राप्त भएको पत्रमासमितिको राय १६ अप्रिल भन्दा अगाडि आउन नसक्ने र निर्वाचित भै जाने प्रतिनिधिहरुको अवधि अक्टोबर २०१५ मात्र शुरु हुने हुँदा रायपर्खन सकिने सल्लाह दिइएको छ । निर्वाचन आयोगले सबैको सहभागीतामा प्रजातान्त्रिक, स्वतन्त्र, र निष्पक्ष रुपबाट निर्वाचन गराउँदाविधिको प्रकृया अवलम्वन गर्नृपर्ने काराणले गर्दा समितिको राय पर्खनु पर्ने हुन्छ । तसर्थ १६ अप्रिल देखि शुरु हुने निर्वाचनको समयनजिकै आएको र निर्वाचन आयोगले यस संस्थाको विधान बमोजिम यहि अप्रिल महिना भित्रमा निर्वाचन सम्पन्न गरिसक्नु पर्ने हुँदाउम्मेदवारको योग्यताको सम्वन्धमा न्यायिक समितिको राय विना निर्णय दिनसक्ने अवस्थामा छैन ।साथै गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि यस संस्थाका तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना प्रतिनिधिहरुकोकार्यकाल अक्टोबर २०१५ सम्म रहेको र अहिले निर्वाचन भएर जाने प्रतिनिधिहरुले त्यसपछि मात्र संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने हुदायी पदको निर्वाचन पछि गर्दा पनि उम्मेदवारहरुलाई अपूरणीय क्षति हुँदैन । तसर्थ यो जटिल परिस्थितिलाई ध्यानमा राखी निर्वाचनआयोगद्वारा अर्को सूचना प्रकाशित नभएसम्मका लागि एनआरएन एनसीसी अफ अमेरीकाको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषदकालागि प्रतिनिधित्व गर्ने ५ जना प्रतिनिधि पदको निर्वाचन स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।

निर्वाचन आयोगका तर्फबाट

बिनोद रोका

एटर्नी एट ल

अध्यक्ष, राष्ट्रिय निर्वाचन आयोग

 

प्रतिक्रिया