कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

इनेप्लिज २०७२ वैशाख १ गते ८:४९ मा प्रकाशित

रोल्पा, १ वैशाख । सदरमुकाम नजिकैको कोटगाउँ माडिचौरमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।

आइ प्याक, किसान, इका परियोजना, कृषि विकास कार्यालय र लिबाङ कृषि हाट बजार समितिको पहलमा सोमबारदेखि केन्द्र सञ्चालनमा आएको हो ।

यहाँ उत्पादित तरकारी सङ्कलन केन्द्रबाट सदरमुकाम लिबाङ, पूर्वी रोल्पाको प्रमुख व्यापारिक केन्द्र सुलिचौर हँुदै जिल्ला बाहिर खपत गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालन गरिएको कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजना ‘आई प्याक’का बजार अधिकृत राम श्रेष्ठले बताउनुभयो ।

सङ्कलन केन्द्र सञ्चालनको पहिलो दिन सोमबार यहाँका ४६ किसानले उत्पादन गरेका करिब एक हजार किलोग्राम तरकारी सदरमुकाममा खपत गरिएकोे श्रेष्ठले बताउनुभयो ।

कृषिउपज केन्द्र सञ्चालनमा आएसँगै यहाँका किसानले उत्पादन गरेका तरकारी डोकोमा बोकेर सदरमुकाम बेच्न जानुपर्ने बाध्यता हटेको छ । कोटगाउँ, जङ्कोटलगायत आसपासका गाविसका कृषकलाई तरकारी बिक्री गर्न सहज हुने भएको छ ।

“सङ्कलन केन्द्र नहँुदा यहाँका तरकारी खेर जाने र जिल्ला बाहिरबाट खरिद गरी बिक्री गर्नुपर्ने बाध्यता रहिआएको थियो” श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया