महोत्तरीमा बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि
गौशाला, १ वैशाख । जिल्लाका स्वास्थ्य संस्था एवम् अस्पतालमा अहिले बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ ।
दिनानुदिन बढ्दै गएको गर्मीका कारण जिल्लाका अस्पतालमा विभिन्न रोगको सङ्क्रमण भएका बिरामी उपचारका लागि घुइँचो लाग्ने गरेको चिकित्सकले बताएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला अस्पतालमा अहिले दैनिक २५० देखि ३०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि दैनिक ५० देखि ७० सम्म बिरामी आउने गरेको चिकित्सकले बताएका छन् ।
जिल्लामा दिनभरि रहने चर्को घाम र सहन नसक्ने गर्मीका कारण जिल्लाका विभिन्न गाउँठाउँमा अहिले रुघाखोकी, ज्वरो, टाइफाइड, झाडा, निमोनिया, जन्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा निकै वृद्धि भएको जानकारी जिल्ला अस्पताल जलेश्वरका चिकित्सक सञ्जयकुमार यादवले दिनुभयो ।
त्यस्तै चर्को घामको कारण जिल्लाबासीमा छालासम्बन्धी रोगको सङ्क्रमण देखापरेको छ । चर्को घाम र गर्मीका कारण प्रभावित बिरामीमा बालबालिका, वृद्धवृद्धा मात्रै नभएर वयस्क र घरभित्रै बस्नेको सङ्ख्या पनि सोही अनुपातमा रहेको जिल्ला अस्पतालकै चिकित्सक राजीव झाले बताउनुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया