शब्द चिन्तनका प्रधान संरक्षकबाट शुभकामना स्वामी दुर्गादासबाट शुभकामना सन्देश

इनेप्लिज २०७१ चैत ३० गते १५:३१ मा प्रकाशित

स्वामी दुर्गादास

काठमाडौं । शब्द चिन्तन संरक्षण मण्डल तथा शब्द चिन्तन संघकाप्रधान संरक्षक गुरु स्वामी दुर्गादासले नया“ वर्ष २०७२ को उपलक्ष्यमा देश विदेशमा रहेका नेपाली तथा विश्वभरीका सबै मानव समुदायलाई शुभकामना सन्देश दिनुभएको छ ।

स्वामी दुर्गादासले देशको वर्तमान स्थितिलाई समेत आफ्नोशुभकामना सन्देशमा लक्षित गर्दै राष्ट्रियता कमजोर भएको हामी सबैले महसूस गरेको, यहा“को मौलिक धार्मिक–आध्यात्मिक दर्शन, संस्कृति,परम्परा, सभ्यता, प्राकृतिक संपदा–संरचना, मूल्य मान्यता, ऋतिरिवाज आदिलेनै राष्ट्रियतालाई बचाई रहेको र बचाउने हो । यी विषयहरूको संरक्षणसंवर्धन–प्रवर्धन, विकास–विस्तार, प्रचार–प्रसार र सदुपयोग गर्दै सत्यताको सन्देश विश्वलाई दिएर सदियौंदेखि रहिआएको पहिचान र परिचयलाई अक्षुण राख्न सक्नुपर्ने कुरामा यति बेला सबै नेपालीले जिम्मेवारी महसूसगर्नुपर्ने र त्यसको लागि कर्तव्यको मर्मबोध गर्नसक्नु पर्ने विचार राख्नुभएको छ ।

राष्ट्रियतालाई धरापमा पर्नबाट बचाउन राष्ट्रियताका आधारहरूको खोजी गरी तिनको संरक्षण र सदुपयोग गर्न जरुरी छ । संविधान लेखनको महत्त्वपूर्ण घडिमा उभिरहेको नेपालका सम्बन्धित पक्षले विखण्डनलाई भन्दा संयोजनलाई जोड दिई राष्ट्रियताका आधारहरूलाई बचाएर मात्रै आफ्नो कलम अघि सार्नसक्नु पर्नेछ, स्वामीले उल्लेख गर्नु भएको छ । सन्देशमा अगाडि भनिएको छ ‘वर्तमानमा भौतिक दृष्टिमा कमजोर जस्तो देखिएपनि सृष्टिका कालखण्डहरूमा यो भूमिले सत्य सनातन शाश्वत मानव धर्मदर्शनको उद्घोष गर्दै विश्वलाई मार्गदर्शन एवम् मानवताको उद्बोधन गरी गुरुवत् भूमिका निर्वाह गरेको ईतिहासलाई हामी कसैले पनि बिर्सन हुन्न ।

सो गरिमा एवम् जिम्मेवारीलाई यो कालखण्डमा पनिनिभाउन हामीले दृढता राख्न सक्नुपर्छ’ । उहा“ले आफ्नो शुभकामना सन्देशमा सद्गुरु भक्तशँकुको ‘देख्दिन अर्को मूल’ भन्ने उपदेशलाई स्मरण गर्नुभएको छ । अर्थात सबैको मूल एउटै हो भन्ने भक्तशँकु गुरुको मार्गोपदेशलाईआत्मसात गर्नपर्ने तर्फ उहा“को भनाई रहेको बुझिन्छ । स्मरणीय छ सद्गुरु भक्तशँकुले आफ्नो शब्द चिन्तन दर्शनमा सृष्टि र सृष्टिभित्ररहेका सबैको मूल एउटै हो अर्को मूल छैन र आपसमा कोही कसैले कुनै पनि प्रकारको विभेद गर्न हुन्न भन्ने भावको मार्गदर्शन गर्नु भएको छ ।

देशमा जातजाती भाषाभाषी लगायतका विभिन्न समुदायबीच विभेद जन्य स्थितिको लक्षण देखिएको र त्यसले विखण्डनको स्थिति सृजना हुनसक्ने तर्फ उहा“को भाव रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसै प्रसङ्गलाई थप गर्दै उहा“ले सन्देशमा ‘मूल बिर्सने ठूलो भूल हुने क्रम बढेको लक्षण देखिएको छ, जसलाई छाडेर मूलतर्फ उन्मूख हुनपर्ने कारण छ । यही मान्यतालाई सूत्र मानेर आपसमा विभाजित–विखण्डित हुने मानसिकताबाट समयमै बचेर यस घडिमा नेपालीले एकता र एक्येबद्धतालाई फलिभूत बनाउनुपर्छ’ भन्नुभएको छ ।

सबै मानव समुदायको घरआगनिमा नया“ वर्षको रूपमा प्रवेश गरेको वि.सं. २०७२ को शुभ उपलक्ष्यमा यस शब्द चिन्तन संरक्षण मण्डल तथा शब्द चिन्तन परिवार देश विदेशमा रहनु भएका सबै नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाई तथा विश्वभरीका मानवहरूमा सत्य, शान्ति, दया, करुण“, अहिंसा, मानवीयता, भाईचारा–बन्धुत्त्व, आत्मीयताको उत्प्रेरण“ जागृत होस् । आत्मोन्नतिको पक्षमा प्रगति होस, अभ्युदय र निश्रेयश अर्थात भौतिक र आध्यात्मिक दुबै पक्षको उन्नति होस् ।

हत्या,हिंसा, आतंक, लुट, भ्रष्टाचार, बलात्कार, छलकपट जस्ता दानवीय प्रवृति हटेर मानव समाजमा मानवताको विकास हुनसकोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सतोत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया