पेट्रोलियम पाइपलाइन ३० महिनामा बन्ने
काठमाडौँ, ३० चैत । नेपाल–भारतबीच निर्माण हुने पेट्रोलियम पाइपलाइन काम सुरु भएको ३० महिनामा सम्पन्न हुने गरी अघि बढेको छ ।
भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म ४१ किमी लम्बाइको पाइपलाइन निर्माण अघि बढाउन दुई मुलुकबीच हुने सहयोग सम्झौता सम्बन्धमा आन्तरिक कार्य जारी रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पाइपलाइन निर्माणका लागि दुई मुलुकबीच हस्ताक्षर हुने सहयोगसम्बन्धी समझदारीपत्रलाई अन्तिम रुप दिन मन्त्रालयले १५ दिन अगाडि नै मन्त्रिपरिषद्मा पठाइसकेको छ । मन्त्रिपरिष्दले पारित गरेपछि सो समझदारीपत्रमा दुवै सरकारबीच हस्ताक्षर भई काम सुरु हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सो पाइपलाइन निर्माण गर्ने सहमति भएको थियो ।
नेपालतर्फ ३९ किमी र भारतर्फ दुई किमी लम्बाइ रहने सो पाइपलाइन निर्माणको प्रारम्भिक लागत रु चार अर्ब ४० करोड हुने मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाइपलाइन निर्माणमा लाग्ने कुल लागतमध्ये भारतले रु तीन अर्ब २० करोड र नेपालले रु एक अर्ब २० करोड नेपाल आयल निगमलाई अनुदान दिनेछन् । सो रकमबाट अमलेखगन्जस्थित पेट्रोलियम डिपोको स्तरोन्नतिसमेत गरिने छ ।
पाइपलाइन निर्माणपछि मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुनाका साथै वार्षिक रुपमा ढुवानी तथा प्राविधिक नोक्सानीमा खर्च हुने रु ५५ देखि ६० करोडको बचत हुने निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई बताउनुभयो । बचत हुने सो रकमले कार्यालयको क्षमता अभिवृद्धि हुने र व्यवस्थापनमा समेत सहयोग पुग्ने निगमको जिकिर छ ।
हाल रक्सौललगायत भारतका विभिन्न नाकाबाट दैनिक दुई ५० भन्दा बढी ट्यांकरले नेपालका विभिन्न भागसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् । पाइपलाइन सञ्चालन भएपछि पेट्रोलियम पदार्थ ढुवानीका लागि ट्यांकरले अमलेखगन्जबाटै ढुवानी गर्नेछन् । साथै रक्सौलबाट पेट्रोलियम पदार्थ ल्याउँदा हाल भोग्नुपरेको ट्राफिक चापको समस्याबाट समेत छुट्कारा पाइने निगमले बताएको छ ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया