किसानले समयमै मल पाउने
इनेप्लिज
२०७१ चैत ३० गते १३:२२ मा प्रकाशित
मोरङ (पथरी), ३० चैत । कृषकले यस वर्ष समयमै मल पाउने भएका छन् ।
विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडले समयमै आयात गरेपछि किसानलाई यो वर्ष मल अभाव नहुने भएको हो । हालसम्म युरिया, डिएपी गरी १५ हजार मेट्रिक टन मल आयात गरिएको कम्पनीले जनाएको छ । थप १५ हजार मेट्रिक टन मल आउने क्रममा रहेको छ । पूर्वाञ्चलका लागि युरिया, डिएपी र पोटास गरेर कुल ४४ हजार मेट्रिक टन आयात गरिन लागेको कार्यालयले जनाएको छ ।
कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक अजय कुरमा श्रीवास्तवका अनुसार गत वर्ष कार्यालयले ३७ हजार ९०० बिक्री गर्ने लक्ष लिएकोमा ४३ हजार १९६ मेिट्रक टन मात्र बिक्री गरेको थियो ।
“यो वर्ष प्रर्याप्त मल आयात भइरहेकाले अभाव हुँदैन” उहाँले भन्नुभयो । चीन, भारत र काजकिस्तानबाट पूर्वाञ्चलका लागि मल आयात भइरहेको उहाँले बताउनुभयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया