शिक्षा ऐनमा संशोधन आवश्यक: मन्त्री पौडेल

इनेप्लिज २०७१ चैत ३० गते १३:१३ मा प्रकाशित

ललितपुर, ३० चैत । युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडैलले शिक्षा क्षेत्रको विकासका लागि विद्यमान शिक्षा ऐन र नीतिमा संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

नवज्योति निम्न माध्यमिक विद्यालयको रजत महोत्सवको आज उद्घाटन गर्दै उहाँले शैक्षिक समृद्धिका लागि व्यावसायिक शिक्षाको खाँचो रहेको औल्याउनुभयो ।

अङ्ग्रेजी माध्यमबाट गराइने अध्ययनको कमीका कारण सरकारी विद्यालय खस्किएको मन्त्री पौडेलले चिन्ता थियो ।
उहाँले खेलकुदमा बढ्दो आकर्षणप्रति यसको विकासका लागि राज्यले आवश्यक सहयोग गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभासद् उदयशम्शेर राणाले शिक्षाको माध्यमबाट मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।
नेकपा (एमाले)का सभासद् सुशीला नेपालले वर्तमान अवस्थामा शैक्षिक समृद्विका लागि शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक हरिहर लामिछानेले विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुलाई अङ्ग्रेजी माध्यमबाट अध्यापन गरिरहेको बताउनुभयो ।
सो अवसरमा विद्यालयको प्रकाशन ‘नवज्योति’ स्मारिकाको मन्त्री पौडेलले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया