म्याग्दीका तीन सामुदायिक विद्यालयलाई कोरियाबाट सहयोग

इनेप्लिज २०७१ चैत २९ गते ६:३६ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), २९ चैत । म्याग्दी समाज समिति दक्षिण कोरियाले आर्थिक अवस्था कमजोर रहेका तीन सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

सदरमुकाम बेनीबजारमा आयोजित कार्यक्रममा राष्ट्रिय मावि रुम, जनजागृति मावि मल्कवाङ र प्रतिनमा प्रावि देवी स्थानलाई सहयोग हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर रहेका म्याग्दीका केही सामुदायिक विद्यालयलाई सहयोग जुटाउने उद्देश्यले कोरियामा प्रदर्शन गरिएको टलकजङ्ग भर्सेज टुल्के नामक चलचित्रबाट भएको आम्दानीबाट मल्कवाङको जनजागृतिलाई रु ४० हजार, प्रतिनरमा र राष्ट्रिय माविलाई प्रतिविद्यालय रु ३० हजारका दरले सहयोग वितरण गरिएको थियो ।
कार्यक्रममा मोना हङ्कङका निर्वतमान कोषाध्यक्ष कर्ण पुन, म्याग्दी समाज समितिको तर्फबाट कमला गिरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया