बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १३:५४
वासिङटन डिसी 03:09

सर्वसाधारणलाई धम्काउने भारतीय पक्राउ

इनेप्लिज २०७१ चैत २९ गते ४:२४ मा प्रकाशित

भद्रपुर, २९ चैत । झापाको अनारमनी क्षेत्रमा धम्की दिने र शरीर बन्धक लिने आरोपमा शनिबार एक भारतीय पक्राउ परेका छन् ।

उदाङ भनिने भावी सिंहले भारतीय र नेपाली सिमकार्ड प्रयोग गरी सर्वसाधारणलाई पाँच छ महिनादेखि धम्काउँदै आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीले अभियुक्तका साथबाट चार थान नेपाली र एक थान भारतीय मोबाइलको सिमकार्डसमेत बरामद गरेको छ । सिंहले लागुऔषध मुद्दामा दुई वर्ष कैद भुक्तान गरिसकेको पनि अनुसन्धानबाट खुलेको छ । रासस

प्रतिक्रिया