लागुऔषधको कारोबारमा रिक्साचालक पक्राउ

इनेप्लिज २०७१ चैत २७ गते ४:४५ मा प्रकाशित

drugsविराटनगर, २७ चैत । लागुऔषधसहित एक रिक्साचालक पक्राउमा परेका छन् ।

विराटनगर–११ का राहुल पासवानलाई विराटनगर–७ स्थित सरोचियाबाट बिहीबार अपराह्न प्रहरीले लागुऔषध ४४ थान कोरेक्स र ८० वटा नाइट्रोजनको चक्कीसहित पक्राउ गरेको हो ।

उनले भारतको जोगवनीबाट रिक्साको सिटमुनि लुकाइ ल्याएको अवस्थामा सूचनाको आधारमा सो परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया