विद्यालयलाई एक महिनाको तलब सहयोग
बाबियाचौर (म्याग्दी), २६ चैत । म्याग्दीको लुलाङमा रहेको लमसुङ माविका शिक्षकले आफ्नो एक महिनाको तलब विद्यालयलाई सहयोग गरेका छन् ।
आर्थिक स्रोतको अभावमा समुदायको पहलमा मावि तह सञ्चालन भएको विद्यालय बन्द हुने अवस्था आएपछि विद्यालयमा कार्यरत ११ शिक्षकले रु एक लाख ४६ हजार सहयोग गरेका प्रअ तुलसी सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही दिनअघि आयोजित कार्यक्रममा निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि अभिभावकबाट थप रु तीन लाख ४२ हजार सहयोग प्राप्त भएको छ । विसं २०६९ देखि मावि तहको पठनपाठन सञ्चालन भएको उक्त विद्यालयका निजी स्रोतका छ शिक्षकको तलबका लागि वार्षिक रु नौ लाख खर्च हुँदै आएको छ ।
प्रावि तहमा दुई जना दरबन्दीका, दुई राहत र निमाविका एक जना राहत शिक्षक छन् । निजी स्रोतका छ जना शिक्षकका लागि चन्दा र अनुदानबाट तलबभत्ता जुटाउने गरिएको छ । विद्यालयमा २०० बालबालिका अध्ययनरत छन् ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया