नेजाको सन् फ्रान्सिस्कोमा हुने कार्यक्रमको तयारी पुरा
सन् फ्रान्सिस्को,अमेरिका,अप्रिल ७ | यही बिहीवार नेपाल-अमेरिका पत्रकार संघ-नेजाले यहाँ आयोजना गर्न लागेको एनआरएन अमेरिकाको चुनावी बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ | स्थानीय तहमा सन् फ्रान्सिस्कोमा पहिलोपटक यस्तो चुनावी बहस कार्यक्रम गर्न लागिएको आयोजक संस्था नेजाका अध्यक्ष गौतम दाहालले जानकारी दिनु भएको छ | कार्यक्रमको संयोजन गरिरहेका नेजाका क्षेत्रीय संयोजक जाङ्ग्बु शेर्पाका अनुसार व्यवस्थापनका अधिकांश कार्यहरु सम्पन्न भैसकेको छ भने यो कार्यक्रम अमेरिकाका विभिन्न शहरबाट संचालित नेपाली अनलाईन मिडियाले प्रत्यक्ष प्रसारण समेत गर्ने भएका छन् |
बिहीवार अपरान्ह ४ बजेदेखि कार्यक्रम सुरु हुनेछ | अमेरिकामा एनआरएनका सदस्य मध्ये दोश्रो सबैभन्दा बढी सदस्य भएको राज्य हो क्यालिफोर्निया | क्यालिफोर्निया राज्य अन्तर्गत सन् फ्रान्सिस्कोमा सबौभंदा बढी एनआरएन सदस्यहरु रहेका छन् | तसर्थ यही शहरमा हुन लागेको एनआरएन चुनावी बहस कार्यक्रममा सहभागी हुन अमेरिकाका अन्य राज्यबाट समेत उम्मेदवारहरु सन् फ्रान्सिस्को आउदैछन् |
क्षेत्रीय स्तरको यो चुनावी बहस कार्यक्रममा सहभागी हुन अध्यक्षका ६ प्रत्यासी मध्ये पांच जना सन् फ्रान्सिस्कोमा भेला हुदैछन् | नेजाका अध्यक्ष दाहालका अनुसार अध्यक्षका प्रत्यासीहरु मध्ये रमा सिंह,नगेन्द्र पौडेल,डाक्टर केशव पौडेल,श्री पराजुली र दुर्गा दाहालले नेजाको आमन्त्रण स्वीकार गरेर जानकारी समेत दिईसकेका छन् |
कार्यक्रममा नेजाका अध्यक्ष गौतम दाहाल बाल्टिमोरबाट आउने जानकारी संयोजक शेर्पाले दिएका छन् | यसैगरी लस एञ्जलसमा रहेका नेजाका सचिव सुदीप पन्त र कार्यकारी सदस्य अग्नी चौलागाई पनि सन् फ्रान्सिस्को आउदै छन् | सन् फ्रान्सिको कार्यक्रमका लागि नेजाका क्षेत्रीय संयोजक शेर्पालाई नेजाकै अर्का सक्रिय सदस्य हरिहर दाहालले सहयोग गरेका छन् |
सन् फ्रान्सिस्को कार्यक्रम :
मिति: अप्रिल ९,२०१५ बिहीवार
समय: ठीक ४:०० बजे
स्थान : ओम मण्डला
420 Ellis street San Francisco 94102
संयोजक
जाङ्बु शेर्पा-४०८-४८०-६८०२
सम्पर्क:
गौतम दाहाल : ४१०-९०८ -८७४४
सुदिप पन्त : ५६२ -५९५ -२७६८
अग्नी चौलगाइ: ३१० -९२० -८८८६
हरिहर दाहाल: ६५० -४८३ -९१२७
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया