स्काइ प्रो प्रविधिको इन्टरनेट नछोड्दा सेवाग्राही मर्कामा
जाजरकोट, २५ चैत । जाजरकोटको पूर्वी क्षेत्रमा रहेका १५ गाविसका स्थानीय इन्टरनेट नहुँदा मर्कामा परेका छन् ।
नेपाल टेलिकमको स्काइ प्रो प्रविधिको इन्टरनेट सेवा बन्द गर्दा यहाँका स्थानीय मर्कामा परेका हुन् । यहाँका करिब ३०० विद्यालय, दर्जनभन्दा बढी मनिटान्सफर आइएमई, सञ्चारकर्मीलाई इन्टरनेट नहुँदा समस्यामा परेका हुन् ।
नेपाल टेलिकमले जिल्लाका सबै ठाउँमा यो प्रविधि जडान गरे पनि सञ्चालनमा नल्याउँदा सेवाग्राही मर्कामा परेका हुन् । इन्टरनेट नहुँदा सामान्य कामका लागि पनि सदरमुकाम आएर हजारौँ खर्च गर्नुपर्ने त्रिभुवन उच्च मावि खगेनकोटका प्राचार्य नारायणबहादुर सिंहले बताउनुभयो ।
यो क्षेत्रमा स्काइ प्रविधिको फोन सेवा मात्र सञ्चालनमा रहेको छ । नेपाल टेलिकम जाजरकोटका प्रमुख हरिजंग शाहले स्काइ प्रो इन्टरनेटका लागि क्षेत्रीय कार्यालय नेपालगन्जले काम गर्नुपर्ने बताउनुभयो ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया