मापसे गरी सवारी चलाउनेको कारबाहीबाट नौ लाख राजस्व सङ्कलन
रत्ननगर (चितवन), २५ चैत । प्रहरीले कडा कारबाही गर्न सुरु गरे पनि मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या भने घट्न सकेको छैन ।
चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ९३४ वटा सवारीलाई कारबाही गरेको छ ।
उक्त कारबाहीबाट रु नौ लाख ३५ हजार राजस्व सङ्कलन गरिएको कार्यालयका प्रमुख रमेशराज भेटवालले बताउनुभयो । सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।
कुल ८१२ वटा मोटरसाइकल कारबाही गर्दा रु आठ लाख १२ हजार राजस्व सङ्कलन भएको भेटवालले बताउनुभयो ।
अघिल्लो वर्षभरिको कारबाही सङ्ख्याभन्दा अहिले नौ महिना नसकिँदैको कारबाही सङ्ख्यामा वृद्धि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गएको आवमा चितवनमा कुल ८२६ सवारीलाई कारबाही गरिएको र रु आठ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो ।
यो वर्षको अहिलेसम्म सबैभन्दा बढी ८१२ वटा मोटरसाइकल, १७ वटा ट्रक, आठ वटा बस, कार जिप ६९ वटा, ट्र्याक्टर २४ वटा र ट्याम्पो चार वटा कारबाहीमा परेका छन् ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया