यो कुरा मात्र होईन् काम गर्ने बेला हो

इनेप्लिज २०७१ चैत २२ गते १३:५७ मा प्रकाशित

FullSizeRender

हामी नेपाली विश्वको जुन सुकै कुनामा पुगेपनि सबै भन्दा पहिला ब्यक्तित गर्ने समय भनेको नै कुरा हो जसलाई सबै भन्दा धेरै समय खर्चर्ने गर्दछौ्र । परिणाम जे सुकै होस अनी बिषयवस्तु जती नै नभए पनि हामी केही नभए अरुको कुरा काट्नको लागि खर्चन्छौ । यसरी नै चलेको छ धेरै जसोको दैनिकी तर सबैको भने भन्न मिल्दैन् यस मध्येमा एक हुनुहुन्छ दिल श्रेष्ठ पनि ।

विगत एक बर्ष देखि हामी उहाँलाई चिन्दछु तर उहाँसँग कुरा गर्दा अनी काम गर्दा हामी धेरे बर्ष पहिला देखीको नै परिचितको भान हुन्छ उहाँको शैली । धेरै जसो कुराहरु उहाँ कुरा गर्नु भन्दा पनि पहिलानै काम गरिसक्नु हुन्छ जसवाट हामी सबै भन्दा प्रभावित छु ।

धेरै जसो नेपाली हरु सक्दिन् पनि केही नभन्ने अनी गर्दा पनि कहिल्यै नगर्नेहरुको बिचमा यसलाई उद्याहरणिय मान्न सकिन्छ । विगतको एन.आर.एन एन.सी.सी अमेरिकाको चुनावमा पनि उहाँको यही शैलिवाट प्रभावित भएको कारण सहजनै जित हासिल गर्नु भएको थियो सह सचिव पदमा यस पटक उहाँले एनआरएन एनसिसि सदस्यको लागि उम्मेद्धारी घोषणा गरिसक्नुभएको छ जसमा जित्ने निश्चित छ किनभने उहाँलाई मन पराउने हामी मात्र नभई प्रशस्त नेपालीहरु हुनुहुन्छ जो उहाँको मत दाता हुनुहुन्छ ।

एन.आर.एनको नेतृत्वमा हुनु पर्ने प्रशस्तै गुणहरु उहाँमा देखिन्छ , नेपाली भएर पनि अमेरिका जस्तो देशमा सफल फिल्मका डाईरेक्टर समेत हुनुहुन्छ । उहाँ को चलचित्रले बिभिन्न बिधामा अवार्ड प्राप्त गरेको छ । साथमा नेपालमा सहयोग गर्ने सवालमा कुनै पनि कसर बाँकी राख्नु भएको छैन् । सिन्धुपाल्चोक तथा काभ्रेमा सम्पन्न भई सकेको र निर्माणाधिन विद्यालयको भवनहरुलाई बिभिन्न तरिकाहरुवाट प्रशस्तै सहयोग गर्नु भएको छ ।

अमेरिका पुगेर पनि नेपाल अनी नेपाली प्रति पूर्ण निष्ठावान र नेतृत्व गर्न योग्य ब्यक्ति हो भन्दा फरक पर्देन् । अहिलेको आवश्यकता भनेको नै दिल श्रेष्ठ जस्तै बोलीमा भन्दा काम गर्ने ब्यक्तिको हो ।

FullSizeRender (1)

प्रतिक्रिया