डुबेर मृत्यु

इनेप्लिज २०७१ चैत २२ गते ४:४८ मा प्रकाशित

सप्तरी, २२ चैत । टिकुलिया गाविस–९ स्थित पोखरीमा डुबेर स्थानीयवासी दुखन सदाकी पाँच वर्षीया छोरी काजलको आज मृत्यु भएको छ ।

घर नजिकै रहेको पोखरीमा हजुरआमासँग घोंघी टिप्न जाँदा बालिका पोखरीमा डुबेको बताइएको छ । बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया