काठमाडौँ, २१ चैत । न्यू लुक कम्पनीको आयोजनामा सौन्दर्य व्यवसायीको दुई दिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।
कार्यशालामा सौन्दर्य व्यवसायमा संलग्न महिला विज्ञले सौन्दर्यसम्बन्धी विभिन्न ‘कोर्स’को जानकारी गराएका थिए । बिहीबारदेखि सुरु भएको सो कार्यशालामा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका करिब एक हजार ५०० महिला व्यवसायीको सहभागिता रहेको थियो ।
इभेन्ट परियोजनाअन्तर्गत विभिन्न जिल्लाका महिलालाई निःशुल्क ‘असिस्टेन्स ब्युटिसियन कोर्स’ दिइएको बताउँदै सौन्दर्य विज्ञ रुक्सा वैद्य श्रेष्ठले भन्नुभयो, “निःशुल्क तालिम दिइएको महिलालाई नयाँ सौन्दर्य प्रविधिबारे जानकारी दिनका लागि कार्यशाला गरिएको हो ।”
कार्यशालामा सहभागी महिलाले काम गर्ने सिलसिलामा हुने विभिन्न खालमा समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा जिज्ञासा राखेका थिए ।
नेपालभर करिब १८ हजारको सङ्ख्यामा सौन्दर्य व्यवसायी रहेको अनुमान छ ।
प्रतिक्रिया