सुकुम्बासी बस्तीमा खानेपानी समस्या समाधान
प्यूठान, १९ चैत । खानेपानी समस्या भोग्दै आएका यहाँका सुकुम्बासीको समस्या समाधान भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बाङ्गेशाल–६ स्थित सुकुम्बासी बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएपछि यहाँका सुकुम्बासीले वर्षौंदेखि भोग्दै आएको खानेपानी समस्या अन्त्य भएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दातृ निकाय र स्थानीयको श्रमदान गरी रु ३८ लाख २५ हजार लागतमा खानेपानी आयोजना सम्पन्न भएको स्थानीय निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष मोहम्मद मियाँले बताउनुभयो ।
“वर्षौंदेखि पानीको समस्या रहेको थियो ।” अध्यक्ष मियाँले भन्नुभयो–“आयोजना निर्माणमा स्थानीय उपभोक्ताको रु १७ लाख ५० हजार बराबरको श्रमदान रहेकोे छ ।”
आयोजना सम्पन्न भएपछि बाङ्गेशाल– ६ फोर्सावाङका ७५ सुकुम्बासी घरधुरी र कालिवन गाउँका १०० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
बस्तीदेखि झन्डै २०० मिटर टाढा रहेको कालिखोला मुहानबाट मोटर जडान गरी यी बस्तीमा खानेपानी पु¥याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बिजुवारले जनाएको छ ।
“सुकुम्बासी बस्तीलाई केन्द्रित गर्दै निर्माण गरिएको आयोजनामा ५४ सुकुम्बासी घर र कालिवन गाउँका अन्य २७ घरमा धारा जडान गरिएको छ ।” निर्माण समितिका अध्यक्ष मियाँले भन्नुभयो– “ स्थानीयको सक्रियतामा अन्य १० स्थानमा सार्वजनिक धारासमेत जडान गरिएको छ ।” अठार हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीबाट यी बस्तीमा २४सैँ घन्टा खानेपानी उपलब्ध गराउने गरी आयोजना निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख नन्दलाल बन्जाडेले बताउनुभयो ।
धारा जडानका लागि रु एक हजार २०० मूल्यको पाइप र अन्य जडान सामग्रीसमेत निःशुल्क स्थानीयले पाएका छन् । राप्ती नदीसँगै स्थानीय कुवा र खोलाको पानी खान बाध्य यहाँका सुकुम्बासी घरमै धारा जडान हुँदा खुसी भएका छन् ।
स्थानीय सुकुम्बासी कालिबहादुर मिँयाले भन्नुभयो–“आयोजनाले गर्दा एक गाग्री पानीका लागि घन्टौँ समय खर्च गर्ने समस्या समाधान भएको छ ।”
खानेपानी योजना सञ्चालनपश्चात जिल्लाले लिएको सरसफाइ कार्यक्रमलाई समेत सहयोग पुग्ने डिभिजन कार्यालयले जनाएको छ । यहाँ पानीको अभावमा निर्माण भएका शौचालय प्रयोगमा आउन नसक्दा समया उत्पन्न भएको थियो ।
“सन् २०१७ को अन्तिमसम्ममा सबै नागरिकको पहुँचमा आधारभूतस्तरको पानी लैजाने हाम्रो लक्ष्य रहेको छ ।” डिभिजन प्रमुख बन्जाडेले भन्नुभयो– “जिल्लामा सरसरफाइ अभियान र पानीको पहुँच वृद्धिका लागि जिल्लास्तरमा यस्ता आयोजना निर्माण गर्ने क्रम जारी छ ।” यहाँको पानी आयोजनामा खानेपानी डिभिजन कार्यालयको रु १७ लाख ५० हजार, हेफर इन्टरनेसनलको रु एक लाख ७५ हजार, फूलबारी ग्रामीण विकास संस्थाको रु एक लाख र गरिबी निवारण कोषको रु ५० हजार लगानी रहेका छन् ।
योजना सम्पन्नपश्चात शनिबारदेखि खानेपानी धारा सञ्चालनमा आएको स्थानीयवासीले बताएका छन् ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया