गुल्मी, १८ चैत । गुल्मीको वामी गाविसमा सञ्चालन हुन थालेको अस्पताल निमार्णका लागि वामी गाविस–३ परुवाका दलप्रसाद शाक्यले पाँच रोपनी जग्गा सहयोग गर्नुभएको छ ।
यस्तै सोही वडा परुवाकै प्रेमनारायण सापकोटाले पनि दुई रोपनी जग्गा सहयोग गर्नुभएको छ ।
गुल्मीको वामीटक्सारमा अस्पताल नहुँदा गुल्मी तथा बाग्लुङका गरी झन्डै दुई दर्जन गाविसवासी जनतालाई उपचारको लागि बुटवल वा काठमाडौं जानुपर्ने समस्या थियो ।
लुम्बिनी मेडिकल कलेज पाल्पा र वामीटक्सार गुल्मीबीच भएको सम्झौताअनुसार लुम्बिनी मेडिकल कलेजले आफ्नो शाखा वामीटक्सारमा विस्तार गरी आगामी सालदेखि अस्पताल सञ्चालन गर्न लागेको व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन शाक्यले बताउनुभयो ।
हस्पिटल न्यूनतम् १५ देखि २५ शय्यासम्म हुने र हस्पिटलबाट स्वास्थ्य उपचार तथा सामान्य शल्यक्रिया समेत सेवा उपलब्ध हुने जानकारी उहाँले दिनुभयो ।
प्रतिक्रिया