स्वाइनफ्लुका लागि स्थापना गरिएको ‘हेल्प डेस्क’ प्रभावहीन
रत्ननगर (चितवन), १८ चैत । चितवनको भरतपुर अस्पतालमा स्वाइनफ्लुका बिरामीको सहजताका लागि स्थापना गरिएको हेल्प डेस्क प्रभावहीन भएको छ ।
उक्त डेस्कमा खासै मानिस सोधीखोजीका लागि आउने गरेका छैनन् । डेस्कमा चैत १३ देखि १७ गतेसम्म २७ जनाले मात्रै जानकारी लिएका छन् । त्यसमा पनि अन्य अस्पतालबाट पठाइएका बिरामीले जानकारी लिएको पाइएको छ ।
डेस्कमा बस्ने कर्मचारी निलम गौतम खासै मान्छे नआउने गरेको बताउनुहुन्छ । आएकाहरू रोग के हो, कसरी उपचार हुन्छ, टिकट कहाँ काट्ने भनेर सोध्ने गरेका छन् ।
आउनेलाई जनस्वास्थ्यले दिएको पर्चा वितरण गर्ने गरेको गौतमले बताउनुभयो । हेल्प डेस्कमा अन्य कामले आएका र अन्य रोगका बिरामीले बढी सोधखोज गर्ने र बिरामीको उपचार प्रक्रियाबारे बुझ्ने गरेका छन् ।
स्वाइनफ्लुका बिरामी बढ्न थालेपछि डेस्क स्थापना गरिएको हो । जिल्लामा परीक्षणका लागि पठाइएका ३५६ बिरामीमध्ये १२१ जनामा स्वाइनफ्लु पुष्टि भएको छ ।
चितवनका मात्रै १०१ जना बिरामी छन् भने अरु बिरामी बाहिरी जिल्लाका छन् ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया