बस दुर्घटनाका मृतकको शव आज उठाइँदै
पोखरा, २४ फागुन । गएको शुक्रबार कास्कीको सराङकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव आज उठाइने भएको छ ।
पृथ्वीराजमार्ग बस व्यवसायी समिति, पीडित पक्ष र प्रहरीको रोहबरमा गएराति भएको सहमतिअनुसार आज शव परीक्षण गरिने र त्यसपछि सेती नदीको किनारमा सामूहिक दाहसंस्कार गरिने भएको पीडित पक्षका तर्फबाट वार्तामा रहनुभएका प्रेमबहादुर जिसीले बताउनुभयो ।
सहमतिअनुसार मृतक परिवारलाई बस व्यवसायी समितिले जनही रु एक लाख २५ हजार क्षतिपूर्ति दिने र घाइतेहरुको स्वदेश तथा विदेशको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।
कास्कीकोटबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नंको बस सराङकोटको गोठादीमा दुर्घटना हुँदा छजनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।
दुर्घटनामा कास्कीकोटका २६ वर्षीय विवश तिमिल्सिना, ५० वर्षीय हरिबहादुर खत्री, ४० वर्षीया गोमा लुइँटेल, ५० वर्षीय लेखबहादुर ढकाल, ४५ वर्षीय तारा थापा र ५५ वर्षीया भिमा खत्रीको मृत्यु भएको थियो ।
सख्त घाइते आठजनाको काठमाडौँमा र अरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया