शिक्षकले कुट्दा विद्यार्थीको हातको पातो खुस्कियो
इनेप्लिज
२०७१ फागुन २४ गते ८:२५ मा प्रकाशित
मेलम्ची, २४ फागुन । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ३ स्थित जुगल बोर्डिङ हाइस्कुलको कक्षा २ मा पढ्ने बालकलाई गत बुधबार शिक्षकले बाँसको भाटाले कुट्दा ११ वर्षीय बालक विनय कटुवालको हातको पाता खुस्किएको छ ।
कक्षा सञ्चालन भइरहेका बेला चकचक गरेको भन्दै शिक्षकले पिट्दा कटुवालको हातको पातो खुस्किएको हो ।
साथीहरुसँग खेलिरहेका बेला बोर्डिङका शिक्षक युवराज कार्कीले कटुवाललाई भाटैभाटाले हानेर बायाँ हातको पातो खुस्काइदिएको आफन्तको भनाइ रहेको छ ।
तेस्रो घन्टीको पढाइ हुने बेला किन चलेको भनेर आफूलाई कुटपिट गरी घाइते बनाएको पीडित बालक विनयले बताए ।
घाइते बालकलाई उपचारार्थ काठमाडौँको वीर अस्पतालमा भर्ना गरिएको विद्यालयका प्रिन्सिपल ओम उप्रेतीले जानकारी दिनुभयो ।
विद्यार्थी कुट्ने शिक्षकलाई विद्यालय प्रशासनले निष्कासन गरेको उप्रेतीले बताउनुभयो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया