ट्याक्टरले किच्दा बालकको मृत्यु
इनेप्लिज
२०७१ फागुन २३ गते १५:२१ मा प्रकाशित
गौशाला, २३ फागुन । महोत्तरीको रामगोपालपुर गाविसमा शनिबार ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको बैरगिया लक्ष्मिनिया गाविस–६ का प्रेम मण्डलका डेढ वर्षीय छोरा अनिशकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आफ्नो मामा घर रामगोपालपुर–६ मा आएको बालक मण्डललाई सोही ठाउँमा सडक पेटीमा रोकिराखेको ट्याक्टर घुमाउने क्रममा अनियन्त्रित हुँदा सडक पेटीमा खेलिरहेको बेला बालकलाई किच्दा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते बालकलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुरमा लगिएकोमा उनको उपचारकै क्रममा मत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या
भर्जिनियामा ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी
अमेरिकामा एकैदिनमा १ लाख ३७ हजार कोरोनाबाट सक्रमित,१ हजार ३ सयको मृत्यु
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रतिक्रिया