मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०३:५८
वासिङटन डिसी 18:13

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७१ फागुन २३ गते ९:०५ मा प्रकाशित

indexकलैया, २३ फागुन । वीरगन्जबाट कलैयातर्फ ना१६प ७१३३ नम्बरको मोटरसाइकलमा श्रीमान् श्रीमती आइरहेको अवस्थामा हिजो बेलुका मोतीसर चोकमा दुर्घटना हुँदा श्रीमान्को घटनास्थलमा नै मृत्यु भएको छ ।

कलैया–५ बस्ने बच्चाबाबु साह ससूरालीमा होली खेलेर आफ्नो श्रीमती सुनितादेवीसँग सो मोटरसाइकलबाट आफ्नो घरतर्फ आइरहेको अवस्थामा सो चोकमा दुर्घटना हुँदा श्रीमान्को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनितादेवी गम्भीर घाइते भई अहिले वीरगन्ज अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया