वर्षाले रुपन्देहीमा पाँच करोडको इँटा नष्ट
इनेप्लिज
२०७१ फागुन २२ गते ११:३९ मा प्रकाशित
लुम्बिनी (रुपन्देही), २२ फागुन । फागुन तेस्रो साता परेको बेमौसमी वर्षाका कारण रुपन्देहीमा रु पाँच करोडको इँटा गलेर नष्ट भएको छ ।
लुम्बिनी इँटा व्यवसायी सङ्घका अनुसार फागुन ६ गते र १४ गते परेको वर्षाका कारण रुपन्देहीमा मात्रै रु पाँच करोडको इँटा गलेर नष्ट भएको हो । सङ्घका अनुसार वर्षाले रुपन्देही जिल्लाका ५० वटा इँटा उद्योेगले पोल्न तयार गरेको काँचो इँटा गलेर नष्ट भएको हो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष डोलराज पाण्डेले इँटा व्यवसायीका लागि बेमौसमी वर्षा बाधक बनेको बताउनुभयो । उहाँले वैशाख महिनामा बजारमा पठाउनका लागि पोल्ने तयारी अवस्थामा रहेका काँचो इँटा वर्षाले नष्ट गर्दा ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो ।
काँचो इँटा नष्ट भएकाले नयाँ इँटा उत्पादन कार्य एक महिना ढिलो हुने सङ्घले जनाएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया