होली खेलेर फर्कँदै गर्दा ट्रकको ठक्करबाट एकको मृत्यु
इनेप्लिज
२०७१ फागुन २१ गते १४:११ मा प्रकाशित
रत्ननगर (चितवन), २१ पुस । चितवनको मुग्लिन नजिकै सिमलधारा भन्ने स्थानमा होली खेलेर मोटरसाइकलमा फर्कँदै गर्दा ट्रकको ठक्करबाट एक युवाको आज साँझ मृत्यु भएको छ ।
कुरिनटारबाट फर्कदै गर्दा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षका सुरेश गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४४२१ नम्बरको ट्रकले विपरीत दिशातर्फ आइरहेको ना ६ प ६५०६ नम्बरको मोटरसाइकललाई अपराह्न करिब साँढे ४ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया