शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १३:३८
वासिङटन डिसी 03:53

करणीका अभियुक्त पक्राउ

इनेप्लिज २०७१ फागुन २१ गते १०:२९ मा प्रकाशित

mahila-hinsaरङ्गेली, २१ फागुन । घरमा कोही नभएको मौकामा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङ दादरबैरिया – १ बस्ने २० वर्षीय जयप्रसाद सरदारले प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रङ््गेलीका अनुसार गए राति छिमेकी नाबालिकालाई करणी गरेको भन्दै पीडितले उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रङ््गेलीले उनलाई पक्राउ गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि कोसी अञ्चल अस्पताल पठाइएको र अभियुक्तमाथि जबर्जस्ती करणी मुद्दा अगाडि बढाइने प्रहरी निरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।

प्रतिक्रिया