इलामबाट तीन सय सात जना विद्यार्थी परीक्षाबाट वञ्चित
इलाम, २१ फागुन । यो वर्ष इलामका ३०७ जना विद्यार्थी प्रवेशिका परीक्षाबाट वञ्चित हुने भएका छन् ।
पचहत्तर प्रतिशत हाजिर नपुगेका, राजस्व नतिर्ने ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका हुन् ।
शिक्षा कार्यालयका अनुसार अभिभावक र स्वयम् विद्यार्थीको लापर्बाहीका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा नियमावलीअनुसार ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीलाई परीक्षामा सामेल नगराउने भन्ने विषयले गर्दा धेरै विद्यार्थी परीक्षाबाट वञ्चित हुनुपरेको जिशिका परीक्षा फाँटका अम्बिकाप्रसाद खनालले बताउनुभयो ।
प्रवेशिकामा इलामका छ हजार ९८२ विद्यार्थी सामेल हुने भएका छन् । एक्जाम्जेटेडतर्फ तीन हजार १८९ र नियमिततर्फ तीन हजार ७९३ जना रहेका छन् । यस्तै खुल्लातर्फ ७५ जना नियमित र १३ जना एक्जाम्टेडले परीक्षा दिने जिशिकाले जानकारी दिएको छ ।
यस वर्ष एसएसली परीक्षाका लागि ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिशिकाले जनाएको छ । केन्द्र निर्धारण गरिए पनि केन्द्राध्यक्ष भने नियुक्ति भइनसकेको बताइएको छ ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया