शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०२:४२
वासिङटन डिसी 16:57

पत्नीको कुटाइबाट पतिको मृत्यु

इनेप्लिज २०७१ फागुन २० गते १५:३७ मा प्रकाशित

hatyaप्यूठान, २० फागुन । प्यूठानमा मदिरा सेवन गरी पति र पत्नी झगडामा उत्रिँदा पतिको मृत्यु भएको छ ।

तोरवाङ–४ मा मदिरा सेवन गरी नियमितजसो झगडा गर्ने श्रीमान्÷श्रीमतीबीच झगडाले ठूलो रूप लिएपछि श्रीमतीको कुटाइमा श्रीमान्को मृत्यु भएको हो ।

पैंतालीस वर्षीया श्रीमती मनकली पुनको कुटाइबाट उहाँका ६३ वर्षीय श्रीमान् नरबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नियमितजसो झगडा गर्ने दम्पतीको घरमै पुगेर यसभन्दा पहिला प्रहरीले झगडा मिलाउने गरेको भएपनि यसपटक श्रीमतीले श्रीमान्लाई मरणासन्न हुने गरी कुटेपछि श्रीमान्को मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।

कुटपिटपछि श्रीमान्को दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र उपचार नपाएर उहाँको मृत्यु भएको स्थानीय जनताले बताएका छन् ।

मनकलीलाई प्रहरीले आज नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया