नेपालकै पहिलो महिला रिक्सा चालक सम्मानित
सुरुङ्गा (झापा), २० फागुन । एकसय पाँऔं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर वीरता लेडीज जेसीज बिर्तामोडसहित ११ वटा संस्थाले नेपालकै पहिलो रिक्सा चालक महिला फूलमाया धिमाल र १०२ वर्षीया ज्येष्ठ माता गङ्गादेवी उप्रेतीलाई आज सम्मान गरेको छ ।
महिला तथा बालबालिका कार्यालय भद्रपुरका प्रमुख तारा अधिकारीको प्रमुख आतिथ्यतामा विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच तामाङ र उप्रेतीलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित धिमाल बिर्तामोड नगरपालिकास्थित चारपाने निवासी हुनुहुन्छ भने उप्रेती झापा चन्द्रगढी निवासी हुनुहुन्छ । उप्रेती झापा जिल्लाकै ज्येष्ठ नागरिक रहेको वीरता लेडी जेसीजका अध्यक्ष पार्वता विमलीले जानकारी दिनुभयो ।
दुवैलाई वीरता लेडी जेसीज, नेपाल अलैँची व्यवसायी राष्ट्रिय महासङ्घ, वीरता जेसीज, महिला उद्यमी विर्तामोड झापा, उद्योग वाणिज्य सङ्घ शाखा विर्तामोड, रोटरी क्लब अफ विर्तामोड, मित्रनगर महिला समूह, गजुरमुखी कीर्तन मण्डली, पारिजात कीर्तन मण्डली, लायन्स क्लब अफ बिर्तामोड, विराट कामधेनु महिला कृषि सहकारी संस्थाले नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया