सूचना नदिनेलाई आयोगले ठिक पार्छ: आयुक्त तिमिल्सिना
भक्तपुर, २० फागुन । राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोधा तिमिल्सिनाले सूचना नदिने सरकारी कार्यालयदेखि कुनै पनि निकायका कर्मचारीलाई आयोगले कारबाही गर्ने बताउनुभएको छ ।
सूचना अधिकार सञ्जाल भक्तपुरले आज यहाँ आयोजना गरेको सूचनाको हकसम्बन्धी सरकारी निकायका कर्मचारीसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले सूचना लुकाउने परम्परा अब सबैले त्याग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सूचना माग गर्ने अधिकार सबै नागरिकमा हुन्छ, सरकारी तथा गैरसरकारी, राजनीतिक दल वा कुनै पनि निकायले माग गरेको सूचना दिनुपर्छ, सूचना नदिनेलाई आयोगले ठिक पार्छ ।”
सूचना लिनेले त्यसको दुरुपयोग गरेमा रु १० देखि २५ हजारसम्म जरिवानासहितको कारबाही हुने बताउँदै उहाँले सूचना दिन कुनै कन्जुस्याईं गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले सूचनाको दुरुपयोग गर्ने आशंकाका कारण पनि कतिपय सूचना दिन नसकिएको बताउँदै अबदेखि सबै कार्यालयलाई सूचना दिन निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।
त्यस अवसरमा स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले स्थानीय निकायले सूचना दिन बन्देज लगाएकाबाहेक अरु सबै कुरामा सूचना दिइने बताउनुभयो ।
कार्यक्रममा सूचनाको हकका लागि नागरिक अभियानका कार्यकारी निर्देशक टङ्क अर्यालले सबै निकायले पारदर्शी रुपमा सूचना सार्वजनिक गर्ने गरेमा सूचना माग गर्न आउने मान्छे कम हुने धारणा राख्नु भयो ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया