बालिका बलात्कार आरोपमा एक पक्राउ
इनेप्लिज
२०७१ फागुन २० गते १४:१५ मा प्रकाशित
गोरखाबजार, २० फागुन । गोरखाको केराबारी गाविसकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
केराबारी गाविस–८ भीरसिङका ५६ वर्षका वीरबहादुर गुरुङलाई बालिका बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय जौवारीले नियन्त्रणमा लिएको हो ।
गत फागुन १६ गते ललाइफकाई बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले बुधबार गुरुङलाई पक्राउ गरेको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
बालिकाको परिवारको उजुरीको आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । बालिकाको परिवारले मङ्गलबार मात्रै घटनाबारे प्रहरीलाई खबर गरेको थियो ।
जिल्ला अदालत गोरखाबाट आज १० दिनको म्याद लिएर यसबारे थप अनुसन्धान थालेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया