मोरङको टङ्किसिनवारीमा ४० किलो गाँजासहित तीन पक्राउ
उर्लाबारी, २० फागुन । मोरङको टङ्किसिनवारी–१ स्थित गङ्गाचोकबाट आज बिहान प्रहरीले ४० किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले सवारीसाधनमाथि आकस्मिक चेकजाँच गर्ने क्रममा तरहराबाट विराटनगरतर्फ गइरहेको को १ च ४११३ नम्बरको कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
सो कारमा लुकाइछिपाई विराटनगरतर्फ लाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक जगन्नाथ गौतमले बताउनुभयो ।
उक्त गाँजासँगै कार चालक सुनसरी, तरहरा–४ का ४७ वर्षीय मीनबहादुर गुरुङ र धरान–३ का २६ वर्षीया कमला बोगटीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोरङ, कटहरी–२ का २२ वर्षीय नीरज सिंहले पक्राउ परेकी बोगटीलाई उक्त गाँजा ल्याइदिनु भनेका थिए । गाँजा मगाउने सिंहलाई पनि पक्राउ गरिएको गौतमले जानकारी दिनुभयो ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया