बहुला कुकुरको टोकाइबाट चालीसजना सर्वसाधारण घाइते
वीरगन्ज (पर्सा),२० फागुन । पर्साको पोखरिया नगरपालिका क्षेत्रमा बहुला कुकुरको टोकाइबाट ४० सर्वसाधारण पीडित भएका छन् ।
पोखरियाआसपासका लङ्गडी हरिहरपुर, धोविनी, मसिहानी, एकडरवा, विरञ्चिवर्वा, बसन्तपुर, सेमरालगायत गाउँका करिब ४० जनालाई कुकुरले टोकेर घाइते बनाएको हो ।
पोखरिया अस्पतालमा जाँदा रेबिजविरुद्धको खोप नरहेका कारण त्यसै फर्कन बाध्य भएको सेमराका पीडित जगदीश प्रसादले बताउनुभयो । पोखरिया अस्पतालका अहेब वृजेश द्विवेद्वीले रेबिजविरुद्धको खोप हेटौँडाबाट मगाएर दुई÷तीन दिनमा उपलब्ध गराउने जानकारी दिनुभयो ।
पोखरिया अस्पतालमा एक हप्तादेखि बहुला कुकुरले टोक्दा लाउने रेबिजविरुद्धको सुई अभाव भएको छ । पोखरियामा सुईको अभाव भएपछि सर्वसाधारणहरु वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका उपचारका लागि आउने गरेका छन् ।
बहुला कुकुर नियन्त्रणबाहिर नै भएका कारण उसको आतङ्क जारी रहेको पोखरियाका स्थानीयवासीले बताएका छन् ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया