अदुवा प्रशोधन केन्द्र सञ्चालनमा आएन
इलाम, २० फागुन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नजोडिदिँदा निर्माण सम्पन्न भएको एक वर्ष बित्दा पनि सूर्योदय नगरपालिका–४ पञ्चकन्यामा निर्मित अदुवा प्रशोधन केन्द्र सञ्चालनमा आउन सकेको छैन ।
केन्द्रको भवनसहित प्रशोधनका लागि आवश्यक सम्पूर्ण सामग्री जडान भइसके पनि प्राधिकरणले बिजुली नजोडिदिँदा केन्द्र सञ्चालन हुन नसकेको हो ।
स्थानीय जनहित कृषि सहकारी संस्थाको मातहतमा सञ्चालन हुने उक्त केन्द्रमा प्राधिकरणले थ्री फेजको लाइन नजोड्दा केन्द्र सञ्चालन हुन नसकेको संस्थाका अध्यक्ष गोपाल भट्टराईले बताउनुभयो । केन्द्रमा बिजुली जोड्नका लागि आवश्यक प्रक्रिया पु¥याएर प्राधिकरणमा माग गरे पनि सुनुवाइ नभएको गुनासो उहाँको छ ।
जिल्लाकै पहिलो अदुवा प्रशोधन केन्द्रका रुपमा स्थापना भएको केन्द्र सञ्चालनमा ल्याएर अदुवाबाट सुठो बनाएर बिक्री गर्ने किसानको लक्ष्य छ । केन्द्र स्थापनाका लागि कृषि मन्त्रालयअन्तर्गत पोष्ट हार्भेष्टले रु २७ लाख ५० हजार, कमर्सियल एग्रिकल्चर एसोसिएसन (सिएए) ले रु ११ लाख ५० हजार र सहकारीले रु १५ लाख लगानी गरेको थियो ।
प्रतिघन्टा ७५ अदुवा प्रशोधन गर्ने क्षमता रहेको केन्द्रमा गोदक र नामसालिङबाट अदुवा आउने संस्थाले जनाएको छ । उत्पादित सुठो इलामका विभिन्न बजारसहित झापा, मोरङलगायतका ठाउ“मा निकासी गर्ने योजना रहे पनि केन्द्र सञ्चालन नभएकाले निरास बन्नुपरेको सञ्चालक भट्टराई बताउनुहुन्छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया