डोटी दिपायल), २० फागुन । डोटीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।
लगातारको अविरल वर्षासँगै सोमबार खसेको चट्याङ लागि वासुदेवी गाविस–२ देउकाँडाका १८ वर्षीय रमेश बमको मृत्यु भएको हो ।
मृतक बम वासुदेव माध्यमिक विद्यालय वासुदेवीमा कक्षा ९ का विद्यार्थी हुन् । घर नजिकै चट्याङ लाग्दा उनको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
प्रतिक्रिया